बिहीबार, जेठ २, २०८२

खाँण पैसामा बिक्ने व्यक्ति होइनन् : देउवा

नेपालखोज २०८० जेठ ९ गते १७:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।

मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँण पैसामा बिक्ने मान्छे नभएको बताएका हुन् ।

‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र ? खाँण पैसामा बिक्ने मान्छे होइनन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

तर देउवाले उक्त प्रकरणमा खाँण संलग्न भएको विषयमा आफूलाई विश्वास नभएको देउवाले बताएका थिए ।

प्रतिक्रिया