‘जलन अस्पताल निर्माणको काम थाल्नुपर्छ’
नेपालखोज
२०८० जेठ १० गते १५:५८

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको छ । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बसेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए ।
सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् ।
तस्बिर : सभामुखकाे सचिवालय
सम्बन्धित
प्रतिक्रिया