शुक्रबार, जेठ ३, २०८२

१४ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक

नेपालखोज २०८० जेठ ११ गते १०:५०

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

घाइतेहरुको उद्वार कार्य जारी छ ।

प्रतिक्रिया