आईपीएल : दोस्रो क्वालिफायरमा आज मुम्बई र गुजरात भिड्दै
नेपालखोज
२०८० जेठ १२ गते ६:१९

काठमाडाैं । आईपीएलमा आाज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुँदै छ । खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि सुरु हुने छ
यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । मुम्बईका लागि अहमदाबादमा हार्दिक पाण्ड्याको टोलीलाई हराउन सजिलो नहुनेमा कुनै शंका छैन ।
तर, पछिल्ला केही खेलमा मुम्बई इन्डियन्सले जसरी खेलेको छ, त्यसले अब उनीहरुको च्याम्पियन बन्ने सम्भावना बढेको छ । यसका बावजुद, तालिकाको शीर्ष स्थानमा रहेको गुजरातसँग धेरै खेल विजेता छन् जसले मुम्बईलाई कडा प्रतिस्पर्धा दिनेछन् ।
सम्बन्धित
प्रतिक्रिया