युट्युबरले गराए आफ्नै विमान दुर्घटना

काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो भ्यु र फलोअर्स बढाउन मानिसहरू के सम्म गर्दैनन् ? धेरै मानिसहरू केही दृश्यहरूका लागी आफ्नो जीवन लाई समेत जोखिममा राख्छन् ।
अचम्मको स्टन्ट देखाएर आफ्नो ज्यान जोखिममा पार्नु सही कुरा होइन । यस्ता भिडियोहरू हेरेर अन्य मानिसहरू पनि यस्तै कर्म गर्न प्रेरित हुन्छन् ।
यसैक्रममा एक युट्युबरले आफ्नो विमान दुर्घटनाग्रस्त गराएर त्यसको भिडियो सोसल मिडियामा राखेका छन् जुन भाइरल पनि भयो । यस्तै होडबाजीमा ती युट्युबरले भ्युज पाउन र सोसल मिडियामा भाइरल हुनकै लागि आफ्नो प्लेन क्र्यास गराएका हुन ।
त्यसको फाइदा पनि ती युट्युबरले पाए । उनको भिडियो ३ लाख भन्दा बढी मानिसले हेरिसकेका छन् । यद्यपि ती व्यक्तिको यो कार्यका अनुसन्धान एजेन्सीको रडारमा आयो ।
अहिले ती युट्युबर पक्राउ परिसकेका छन् । उनले आफूले जानाजानी विमान दुर्घटना गराएको स्वीकार गरेका छन् जसको उद्देश्य यो भिडियोबाट पैसा कमाउन सकियोस् भन्ने थियो । ती युट्युबरको नाम ट्रेभर ज्याकब हो ।
अहिले यो मामिलामा युट्युबर ज्याकबलाई २० वर्षको जेल सजाय हुन सक्ने कुरा बताइदैछ । हाल अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले ज्याकबको निजी पाइलटको प्रमाणपत्र रद्द गरेको छ ।
एफएएका अधिकारीहरूका अनुसार युट्युबर ज्याकबले विमान दुर्घटना पछि त्यसको भग्नावशेषलाई डिस्पोज गरेका थिए ।
यो विमान दुर्घटनाको भिडियो पोस्ट गर्दा युट्युबरले क्याप्सनमा लेखेका छन् – म मेरो विमान दुर्घटनामा परेँ । भिडियोमा स्पष्ट देख्न सकिन्छ ज्याकबले विमान भित्र क्यामेरा राखेका छन् र विमानलाई क्षति भएको बताएका छन् ।
त्यसपछि उनले आफ्नो प्यारासुट निकाल्छन् र विमानबाट हामफाल्छन । यो घटनाका क्रममा ज्याकबको हातमा सेल्फी स्टिक पनि देखिन्छ जसबाट उनले हावामा रहेको बेला रेकर्डिङ गरिरहेका हुन्छन् । भिडियोमा ज्याकबले आफ्नो विमान बिग्रिएपछि कसरी उद्धार गर्ने भनेर देखाउने प्रयास गरेका छन् ।
भिडियो स्क्रिप्ट गरिएको थियो
यो भिडियोमा सबैभन्दा अचम्मको कुरा के छ भने उक्त विमान दुर्घटनाको समयमा ज्याकब क्यामेरामा रेकर्ड गर्ने क्रममा प्यारासुटको साथ तयार छन् र उनी हाम फालेपछि पनि क्यामेरामा आफूलाई देखाउँदै छन् ।
त्यसैले यो भिडियो हेरेर मात्र थाहा हुन्छ कि यो दुर्घटना जानाजानी गरिएको हो। यस्तो आपत्कालीन अवस्थामा पनि ज्याकबले ट्राफिक कन्ट्रोलसँग कुनै सम्पर्क नगरेको र इन्जिन रिस्टार्ट नगरेको पनि एफएएले जनाएको छ ।
अवतरणका लागि धेरै ठाउँहरू भए पनि उनले आफ्नो विमान सकुशल अवतरण गराएनन् ।
प्रतिक्रिया