मंगलबार, जेठ ८, २०८१

अनलाइन गेमिङमा खाताको रकम चेट

नेपालखोज २०८० जेठ ३० गते ११:५३

काठमाडौं । अनलाइन गेमिङ आजका बालबालिकाहरूमाझ एउटा लत नै भएको छ । रिपोर्ट अनुसार संसारका अधिकांश बालबालिका अनलाइन गेमिङको लतमा फसेका छन् ।

अनलाइन मोबाइल गेमिङमा बालबालिकाहरूको यस्तो क्रेजले कहिलेकाहीँ ठूलो जोखिममा पार्न सक्छ । कतिपय अवस्थामा यसका कारण अभिभावकहरुले धेरै सास्ती समेत बेहोरेका छन् ।

यस्तै एउटा घटना चीनबाट आएको छ जसमा अनलाइन गेमिङको लतमा परेकी १३ वर्षीया युवतीले ८० लाख गुमाएकी छिन् ।

मिडिया रिपोर्ट अनुसार चीनमा एक १३ वर्षीया किशोरीले अनलाइन गेमिङका कारण आफ्नो अभिभावकको सम्पूर्ण बचत उडाइदिएका छिन् ।

किशोरीको अनलाइन गेमिङको लतले उनका आमाबुवाको खातामा ५ रुपैयाँ मात्र बाँकी थियो । साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार ती किशोरिले चार महिनामा यति धेरै पैसा खर्च गरेकि थिइन् ।

समाचार अनुसार विद्यालयकी शिक्षिकाले ती किशोरिले फोनको अत्यधिक प्रयोग गरेको देखेपछि यो कुरा बाहिर आएको हो । त्यसपछि शिक्षिकाले बालिकाकी आमालाई यस बिषयमा जानकारी गराइन् । त्यसपछि आमाले खाता चेक गर्दा उनी छक्क परिन्, उनको खातामा ०।५ युआन ९करिब ८ रुपैयाँ० मात्र थियो ।

बुबाले ती किशोरी सँग खर्चका बारेमा सोध्दा केटीले आफूले अनलाइन मोबाइल गेमहरूमा १२०,००० युआन (यूएस डरल १७ हजार ) र इन-गेम खरिदमा २१०,००० युआन (लगभग २४,३९,००० अमेरिकी डलर) खर्च गरेको स्वीकार गरिन् । ती किशोरीले आफ्ना साथीका लागि पनि खेलहरू किनेको बताएकी छिन ।

यसका लागि उनले डेबिट कार्ड पनि प्रयोग गरेकि थिइन् । उनलाई त्यसको पासवर्ड थाहा थियो जुन उनका आमाबाबुले उनलाई आपतकालीन प्रयोगका लागि भनेर दिएका थिए।

प्रतिक्रिया