आइतबार, असार १, २०८२

जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

नेपालखोज २०८० जेठ १३ गते ११:१३

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठकले जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति गरेको छ ।

पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया