संकटाले चर्च ब्वाइजलाई हरायाे
नेपालखोज
२०८० जेठ १३ गते २०:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चर्च ब्वाइजलाई संकटा क्लबले १-० गोल अन्तरले हराएको हो ।
संकटाको जितमा युसुफ एट्रिसले निर्णायक गोल गरे । युसुफले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए ।
संकटाको यो छैटौं जित हो । संकटाले २२ खेलमा २६ अंक जोडेको छ । यस हारले चर्च ब्वाइजको उपाधि होडमा धक्का लागेको छ । चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया