बिहीबार, जेठ २, २०८२

प्रधानमन्त्री प्रचण्डले भने- नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास छ

नेपालखोज २०८० जेठ १३ गते २१:४४

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक ‘होल्ड’ गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेर समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले मन्त्रिपरिषद्बाट उत्पत्ति भएको विधेयक मन्त्रिपरिषद्कै निर्णयबाट पुनः प्रमाणीकरणका लागि पठाइएको बताए ।

प्रतिक्रिया