नेपालखोज दिनभर : खबर सारांश
पाँचदिन प्रतिनिधिसभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।
कोसी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासकाे गति, जनतालाई महसुस हुने गरी सडक निर्माणलाई तीव्रता दिएको तथ्यांक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त ।
उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग ।
नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइ कुसल रूपमा ह्याण्डलमात्रै गरेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भनाइ ।
संयुक्त राष्ट्रसङ्घ (यूएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा ।
‘ए’ डिभिजन लिगमा एपीएफकाे जित, आर्मी र मछिन्द्रले बराबरी खेल्दा संकटाले चर्च ब्वाइजलाई हरायाे ।
२३ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०२३ को ताज पहिरिन सफल भइन् श्रीच्छा प्रधान ।

प्रतिक्रिया