परिवर्तनलाई स्वागत गरौं

नेपालखोज २०८० जेठ १४ गते ६:०१

मानिसहरूसँग सहज रहौं वा दूरी बनाओैं

संसारमा सबै प्रकारका मानिस छन् । यदि उनीहरूलाई बेवास्ता गर्न सकिदैन भने सहज रुपमा प्रस्तुत हुनुपर्छ । यदि सहज रूपमा विनम्र भएर कुराकानि गर्ने हो भने उनीहरूसँग पनि आफुसँग मीठो कुरा गर्नुको विकल्प हुँदैन । हाम्रो शिष्टाचारको अगाडि उनीहरूको रुखोपनले उनीहरूलाई नै धेरै सानो महसुस गराउनेछ । यद्यपि त्यसपछि पनि आफुलाई रिस उठ्यो भने उनीहरुबाट टाढा रहनुपर्छ ।

बुढेसकालमा गल्ती गर्दा थप पीडा

उमेरसँगै हाम्रो स्वभाव जति लचिलो हुन्छ, त्यति नै चाँडो हामीले नयाँ गल्तीहरू स्वीकार गर्न सिक्छौं। हामीले जति धेरै गल्ती गर्छौं नयाँ गल्ती गर्ने सम्भावना त्यति नै कम हुन्छ। अनुसन्धानले देखाउँछ कि एक निश्चित उमेर पछि गल्ती गर्नु र त्यसपछि त्यसबाट सिक्नु निकै पीडादायक हुन्छ। युवावस्थामा गल्ती गर्दा र त्यसबाट सिक्दा दुख कम हुन्छ ।

बिनम्रता आफू भित्र सृजना गर्न सकिन्छ

बिनम्रता या त स्वाभाविक रूपमा आउँछ वा यसलाई बिस्तारै अभ्यास गरेर हामी भित्र सृजना गर्न सकिन्छ। जब रूखमा फल लाग्छ तब त्यो लचकिन्छ । त्यसैगरी नम्र व्यक्तिले सफलता प्राप्त गरे उसमा पनि नम्रताको विकास हुन्छ । जब कुनै व्यक्तिले आफूले पाएका कुराहरू आफ्नो योग्यता भन्दा बढी छ भन्ने सोच्दछ, त्यस पछि उसमा आफै नम्रता बिकसित हुन्छ ।

परिवर्तनलाई स्वीकार गरौं

जीवन हरेक पल बदलिरहन्छ । यसक्रममा कहिलेकाहीं परिवर्तन राम्रो हुन्छ भने कहिलेकाहीं परिवर्तन आफु विपरीत देखिन्छ । परिवर्तन जीवनको अभिन्न अंग हो । हामीले बिना कुनै प्रतिरोध परिवर्तनलाई अँगाल्नुपर्छ। परिवर्तन कुनै निश्चित मिति वा समयमा निर्भर गर्दैन, यो एउटा निरन्तर प्रक्रिया हो । जीवनमा आएको परिवर्तनलाई खुसीसाथ स्वागत गर्नु मै आफ्नो भलो हुन्छ ।

प्रतिक्रिया