बुधबार, वैशाख १२, २०८१

नेपाल राष्ट्र बैंकद्वारा सूचना तथा सञ्चार नीति, २०७७ लागु

नेपालखोज २०७७ फागुन ११ गते १४:२५


सञ्चालक तथा कर्मचारीहरुको गोपीनियता सम्वन्धी जानकारी दिन बाध्य नहुने


काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति, २०७७ लागुु गरेको छ । राष्ट्र बैंकका अनुसार सञ्चालक समितिको यही माघ २६ गतेको बैठकबाट स्वीकृत भएको सञ्चार नीति आज मंगलबार देखि लागुु गरिएको हो ।


नेपालको संविधानले नागरिकको सूचनाको हक प्रत्याभूत गरेको, सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नागरिकको सूचनाको हक संरक्षण गरी प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हककोसम्मान र संरक्षण गर्नुपर्ने जिम्मेवारी तोकेको सन्दर्भमा सूचनाको स्पष्ट, पारदर्शी, विश्वसनीय, जवाफदेही, सान्दर्भिक र सामयिक सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले बैंकको सूचना तथा जानकारी सरोकारवालासमक्ष प्रवाह गर्ने पद्दतिलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २९ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, सञ्चालक समितिले यो नीति जारी गरेको छ, राष्ट्र बैंकले भनेको छ ।
यो नीति ल्याउनुुको मुख्य उद्ेश्य बैंकसँग सम्बन्धित सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने र सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पु¥याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने रहेको छ ।


यो नीति बमोजिम सार्वजनिक महत्वको कुनै सूचना प्राप्त गर्नचाहने लक्षित वर्गले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई अनुसूची–१ अनुरूपको ढाँचामा सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । प्रचलित कानुन तथा यस नीति बमोजिम प्रवाह गर्न मिल्ने सूचना तथा जानकारी प्रवाह गर्न सकिनेछ । यो नीति बमोजिम बैंकका सञ्चालक, पदाधिकारी तथा कर्मचारीको व्यक्तिगत विवरण वा जानकारी प्रचलित कानुनबमोजिम माग भएकोमा बाहेक उपलब्ध गराउन बैंक वाध्य हुने छैन । निवेदकको परिचय, कारण तथा प्रयोजन नखुल्ने गरी माग भई आएका सूचना उपलब्ध गराउन बैंक वाध्य हुने छैन, बैंकको गरिमा तथा प्रतिष्ठामा आँच पु¥याउने एवं बैंकिङ तथा वित्तीय प्रणालीकोस्थायित्वमा असर पु¥याउने किसिमको सूचना उपलब्ध गराउन बैंक वाध्य हुने छैन ।

निवेदकले सूचना माग गर्दा सोको प्रयोजन खुलाउनुपर्नेछ भने बैंकबाट प्राप्त गरेको सूचना जुन प्रयोजनको लागि प्राप्त गरेको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्नेछ । निवेदकले प्राप्त गरेको सूचना अन्य प्रयोजनका लागि दुरुपयोग गर्नु हुँदैन । उपदफा विपरीत कुनै व्यक्तिले सूचनाको दुरुपयोग गरेमा बैंकले सो सम्बन्धमा सम्बन्धित निकायसमक्ष आवश्यक कारवाहीका लागि लेखी पठाउन सक्ने नीतिमा उल्लेख छ ।

प्रतिक्रिया