आइपिएल-२०२३ : अहमदाबादमा वर्षा, गुजरात-चेन्नई बीचको फाइनल खेल आज हुने

काठमाडौं । आइपिएल-२०२३ को फाइनल खेल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच आइतबार हुनुपर्ने थियो तर अहमदाबादमा लगातारको वर्षापछि अब यो खेल सोमबार हुने तय भएको छ ।
आइतबार अहमदाबादमा लगातारको वर्षाका कारण उक्त फाइनलको टससमेत हुन सकेन । साँझ ७:४५ मा सुरु हुनुपर्ने खेल पानीले अबरुद्ध भए पनि करिब ९ बजे पानी रोकियो र पूरै मैदान सुकाइयो । त्यस पछि अम्पायर र खेलाडी मैदान निरीक्षण गर्न गएपनि फेरि पानी पर्न थाल्यो । त्यसपछि राति करिब ११ बजे यो खेल सोमबार साँझ ७.४५ बजे खेलाउने निर्णय भयो । यो सन्देश स्टेडियमको ठूलो स्क्रिनमा देखाइएको थियो र के पनि भनिएको थियो भने आइतबारको टिकट नै सोमबार पनि मान्य हुनेछ ।
ढिलो खेल हुँदाको नियम ?
साँझ ७.४५ बजे सुरु हुने खेल राति ९:५० मा सुरु भए पनि कुनै ओभर काटिने छैन । अर्कातर्फ, यदि यो खेल राति १२.२१ बजेसम्म सुरु हुन सके २० ओभरको सट्टा ५ ओभरको हुनेछ । त्यसपछि खेल सुपर ओभरमा जानेछ ।
नियम अनुसार आइतबार फाइनल हुन नसके पछि अब यसका लागि राखिएको रिजर्भ डे ( मे २९ ) मा यो फाइनल खेलाइनेछ । आईपीएल-२०२३ प्रतियोगिताको लिग र प्लेअफ खेलका लागि कुनै रिजर्भ डे राखिएको थिएन । जसअनुसार वर्षाका कारण चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीचको खेल हुन नसकेपछि दुवै टिमले एक–एक अंक बाँडेका थिए । फाइनलका लागि रिजर्भ डे राखिएको भएपनि आइतबार खेल नभए सोमबार खेलाइनेछ ।
अब सोमबार पनि यो खेल हुन नसके लिग खेलको प्रदर्शनका आधारमा निर्णय लिइनेछ । जस अनुसार गुजरात टाइटन्स बिजेता हुनेछ किनभने उसले लिगका १४ खेलमध्ये १० खेल जितेको छ भने चेन्नईले समान १४ खेल मध्ये ८ खेल जितेको छ । नियम अनुसार सुपर ओभर पनि खेल्न सम्भव भएन वा नियम ८ र ९ बमोजिम बिना अवरोध पूरा गर्न नसकिए लिग खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको टिमलाई विजेता घोषित गरिनेछ ।
यो नियम अनुसार फाइनलमा एक ओभर पनि बल गर्न नसके गुजरात टाइटन्सले यो ट्रफी लगातार दोस्रो पटक जित्नेछ । आईपीएलमा हालसम्म यी दुई टिमबीच चार खेल भैसकेका छन् ।
हार्दिक नेतृत्वको टिम गुजरात टाइटन्सले यीमध्ये तीन खेलमा जित हात पारेको छ भने धोनीको चेन्नई सुपर किंग्सले पाँच दिनअघिको पहिलो क्वालिफायर जितेको थियो। चेन्नई सुपर किंग्स चार पटकको आईपीएल च्याम्पियन हो भने गुजरात टाइटन्स हालको च्याम्पियन हो ।
प्रतिक्रिया