आइतबार, जेठ ६, २०८१

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल मंसिर ५ गते हुने

नेपालखोज २०८० कार्तिक २१ गते १२:२३

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने छ ।

यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने छ ।

यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।

प्रतिक्रिया