प्रधानमन्त्रीसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने

नेपालखोज २०८० जेठ १५ गते १६:४१

काठमाडौं । प्रधानमन्त्रीसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् । आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा सहभागी हुने मन्त्रीहरुमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया