हिमालयन शेर्पालाई खुमलटारले २-१ हरायो
नेपालखोज
२०८० जेठ १५ गते १७:५७

काठमाडौं। रेलिगेसन क्षेत्रको एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि २-१ को रोमाञ्चक जित निनकालेको छ ।
जितसँगै खुमलटार २२ खेलमा सात जित, तीन बराबरी र १२ हारको नतिजासहित २४ अंकका साथ पुछारमै छ । पराजय ब्यहोरेको हिमालयन शेर्पा समान खेलबाट सात जित, आठ बराबरी र सात हारको नतिजासहित २९ अंक जोडेर आठौं स्थानमा झरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा खुमलटारलाई जित दिलाउन मोसुके ओलोमोउ र स्टेफन समिर बिनाेङले समान एक गोल गरे । हिमालयनका लागि म्यानुयल नानाले एक गोल गरे ।
सम्बन्धित

प्रतिक्रिया