सैनिक कारबाहीमा चार जना विद्रोही मारिए
नेपालखोज
२०८० जेठ १५ गते १८:१६

फलिपिन्स । फलिपिन्सको सेनाले विद्रोही समूह न्यू पिपस आर्मी (एनपीए) विरुद्ध गरेको कारबाहीमा चार जना मारिएका छन् । झडपमा ४ संदिग्ध विद्रोहीको हत्या गरेको छ ।
मध्य फिलिपिन्समा आइतबार गरिएको उक्त कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका एक जना सैनिक प्रवक्ताले सोमबार बताएका छन् ।
सेनाका क्याप्टेन जेफरसन मारियानोले उत्तरी समर प्रान्तमा एनपीए विद्रोहीसँग भएको झडपमा ती विद्रोही मारिएका तथा उनीहरूबाट हातहतियार र गोलाबारुद बरामद गरिएको बताएका छन् ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारसँग लड्दै आएका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमण केन्द्रित गर्दै आएका छन् । सोही क्रममा सेनासँग झडप हुने गरेको छ । सेनाको एक तथ्याङ्कअनुसार एनपीएमा दुई हजार सदस्य छन् ।
सम्बन्धित
प्रतिक्रिया