आईपीएल – २०२३ को उपाधि चेन्नइलाई

नेपालखोज २०८० जेठ १६ गते ७:२७

काठमाडाैं । चेन्नइ सुपर किङसले गुजरात टाइटन्सको हातबाट आईपीएल- २०२३ को उपाधि खोसेको छ । हिजो राति सम्पन्न खेलमा ४ पटकको बिजेता चेन्नइले साबिक बिजेता गुजरात लाई पराजित गरेको हो । यसपटक गुजरातका शुभमन गिलले सर्वाधिक ८९० रन बनाउँदै ओरेन्ज क्याप जिते । अहमदाबादमा पानी परेपछि आइपिएल – २०२३ को फाइनलमा डकवर्थ लुइस नियम लागू गरिएको थियो जस अनुसार चेन्नइका लागि १५ ओभरमा १७१ रन बनाउनुपर्ने नयाँ लक्ष निर्धारण भयो ।

खेल मध्य रात १२ः२५ बजे पुन सुरु गरिएको थियो । खेल २ घण्टा रोकिएपछि चेन्नईलाई अब १५ ओभरमा १७१ रनको लक्ष्य दिइएको थियो जसलाई अन्तिम बलमा पूरा गरेर चेन्नईले उपाधि जित्यो । गुजरातको इनिङ निर्वाध सकिए पनि चेन्नइले पहिलो ओभरको ३ बल सामना गर्ने बित्तिकै मैदानमा पानी पर्न सुरु भएको थियो जसका कारण ४ रन बनाएको अवस्थामा खेल रोकिन पुग्यो ।

आईपीएल – २०२३ को फाइनल निकै सनसनिपुर्ण र प्रतिस्पर्धात्मक रहयो । यी दुई टिमबीचको फाइनल आइतवार नै हुनुपर्ने थियो तर अहमदाबादमा लगातारको वर्षापछि सोमबार रिजर्भ डेका रूपमा खेल खेलाउने निर्णय गरियो । अहमदाबादमा आइतबार अविरल वर्षाका कारण टस सम्म हुन सकेन । चेन्नई सुपर किंग्सले गुजरातलाई पाँच विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो । चेन्नई सुपर किंग्सले २०१०, २०११, २०१८, २०२१ र अहिले २०२० मा आईपीएलको ट्रफी जितेको छ। चेन्नईकालागि ऋतुराज गायकवाड र डेभोन कोनवेले तीव्र ब्याटिङ सुरु गर्दै पावरप्लेको चार ओभरमा बिना कुनै क्षति ४८ रन बनाएका थिए ।

दुवै ओपनरले ७४ रनको साझेदारी खेले। यो स्कोरमा चेन्नई सुपर किंग्सको पहिलो विकेट ७ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाडको रुपमा आउट भयो । गायकवाडको विकेट नूर अहमदले लिए । गायकवाडले १६ बलमा २६ रन बनाए । शिवम दुबे प्रभावशाली खेलाडीका रूपमा पिचमा आए पनि सोही ओभरको अन्तिम बलमा डेभोन कोनवेलाई पनि मोहित शर्माले आउट गरेका थिए । कोनवेले २५ बलमा ४७ रन बनाए । अन्तिम ओभरमा चेन्नई सुपर किंग्सले जितका लागि १३ रन बनाउनुपर्ने थियो । पहिलो चार बलमा तीन रन मात्र बनेका थिए । रविन्द्र जडेजाले अन्तिम दुई बलमा बलियो ब्याटिङ गर्दै छक्का र त्यसपछि चौका प्रहार गरेपछि चेन्नई सुपर किंग्स पाँचौं पटक आईपीएलको च्याम्पियन बनेको हो ।

चेन्नई लाई २१५ को लक्ष्य आईपीएल २०२३ को फाइनलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको लक्ष्य दिएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए । यसै क्रममा ऋद्धिमान साहाले पनि अर्धशतक बनाएका थिए भने हार्दिक पाण्ड्याले २१ रन बनाएर अन्तिमसम्म आउट भएनन् । अहमदाबादमा भैरहेको फाइनल खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पावरप्लेमा शुभमन गिल र ऋद्धिमान साहाले प्रभावकारी ब्याटिङ गर्दै बिना कुनै नोक्सानी ६२ रन जोडे । यद्यपि त्यसलगत्तै महेन्द्र सिंह धोनीले रविन्द्र जडेजाको बलमा शुभमन गिललाई स्टम्प गरेर गुजरात टाइटन्सलाई पहिलो झटका दिए । गिलले २० बलमा ७ चौका प्रहार गर्दै ३९ रनको योगदान दिए । गिल र साहाले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे । यसपछि ऋद्धिमान साहा पनि खेलको १४औं ओभरमा दीपक चाहरको बलमा धोनीको हातमा क्याच आउट भए ।

साहाले ३९ बलमा ५४ रन बनाए । साहा र सुदर्शनले दोस्रो विकेटका लागि अर्धशतक (६४ रनको) साझेदारी पनि खेले । साई सुदर्शनले पनि अर्धशतकीय पारी खेले । उनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरे । आफ्नो अर्धशतक पूरा गरेपछि, साई सुदर्शन अझ घातक बने र २० औं ओभरमा आउट हुनु अघि मात्र ४७ बलमा ९६ रन बनाए । सुदर्शनले आफ्नो पारीमा ६ छक्का र ८ चौका प्रहार गरे । आईपीएलमा फाइनल अघिसम्म यी दुई टिमबीच चार खेल भैसकेका थिए । हार्दिकको टिमले त्यस मध्ये तीनमा जित हात पारेको छ भने धोनीको चेन्नई सुपर किंग्सले पाँच दिनअघि दुई टिम बीचको पहिलो क्वालिफायर जितेको थियो। पहिलो क्वालिफायरमा धोनी टिम १५ रनले जितेर फाइनलमा पुगेको थियो । अर्कातर्फ दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात टाइटन्सले फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया