कारोबार खुलेको पहिलो घण्टामै ३४ अंकले घट्यो नेप्से

नेपालखोज २०८० जेठ १६ गते १२:४८

काठमाडौं । सरकारले जेठ १५ गते सोमबार आर्थिक वर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्‍यो । धेरैको अपेक्षा थियो बजेट घोषणापछि सेयर बजार बढ्छ ।

तर आगामी आर्थिक वर्षको बजेट घोषणा भएपछिको पहिलो दिनको पहिलो घण्टाको कारोबार नै ऋणात्मक देखिएको छ । कारोबार खुले लगत्तै घट्न थालेको नेप्से यो समाचार तयार पार्दा अर्थात् ११ः१८ मिनेट जाँदासम्म नेप्से ३४ दशमलव ६८ अङ्कले घटेर १९ सय सात दशमलव शून्य नौ अङ्कमा खुम्चिसकेको छ ।

यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अङ्कले घटेर तीन सय ६३ दशमलव १८ अङ्कमा खुम्चिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गर्ने, पुँजी बजारमा गैर आवासीय नेपालीलाई लगानी गर्न खुला गर्ने व्यवस्था मिलाउने लगायतका नीतिहरू अघि सारे पनि सरकारको उक्त नीतिलाई लगानीकर्ताहरूले पत्याउन नसक्दा नेप्से उच्च अङ्कले घटेको छ ।

प्रतिक्रिया