‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल
नेपालखोज
२०८० जेठ १७ गते ९:५०

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदै छन् । दोस्रो लेगको दशौं चरण अन्तर्गत बुधबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यस्तै च्यासलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ ।
सम्बन्धित
प्रतिक्रिया