छलफलबिना नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रहितविरूद्ध : रवि लामिछाने

नेपालखोज २०८० जेठ १७ गते १३:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने सरकारले छलफलबिना नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रहितविरूद्ध भएको बताएका छन् ।

बुधबार सामाजिक सन्जालमा लेख्दै लामिछानेले पूरानै विधेयक छलफल नगराइ पारित गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

प्रतिक्रिया