अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा
नेपालखोज
२०८० जेठ १७ गते २०:३६

काठमाडाैं । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा दिइएको छ । बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने देखिएको जनाउँदै विराटनगर महानगरपालिकाले विद्यालय दुई दिन बिदा दिने निर्णय गरेको हो ।
केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । महानगर कार्यपालिकाले निर्णय गरी विहीबार र शुक्रबार बिदा दिइएको हो । साउन महिनाको बर्खे बिदाबाट कट्टा हुनेगरी दुई दिन विद्यालय बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रहने महानगरले जनाएको छ । विराटनगरको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस माथि पुग्न थालेको छ ।

सम्बन्धित
प्रतिक्रिया