शनिबार, जेठ ५, २०८१

नेबा बास्केटबल शुक्रबारदेखि

नेपालखोज २०८० भदौ २७ गते २२:०२

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा नेबा प्लस टू थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४५ टिमको सहभागिता रहने छ ।

लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया