सुनको मूल्य हालसम्मकै उच्च
नेपालखोज
२०८० जेठ १८ गते ११:४७

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । बिहिबार ५ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।
बुधबार १ हजार ३७५ रुपैयाँमा किनबेच भएको चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया