शनिबार, वैशाख १५, २०८१

बैकिङ प्रणालीमा २२ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०८० जेठ १८ गते १२:०३

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा २२ करोड दुई लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० असार एक गते देखि २०८१ असार एक गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि १७ करोड ६२ लाख, बिकास बैंकहरुको लागि तीन करोड ३० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १० लाख रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएकाछन ।

प्रतिक्रिया