बिहीबार, वैशाख १३, २०८१

एनएसए कप पौडी प्रतियोगिता

नेपालखोज २०८० जेठ १९ गते ६:५६

काठमाडौं । नेपाल पौडी संघले आयोजना गर्ने ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबार सुरु हुने भएको छ । नेपाल पौडी संघले दिएको जानकारी अनुसार यो दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा आइतबार र सोमबार संचालन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १ सय ७० जना तथा महिला तर्फ ९० जना गरि २ सय ६० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता अन्तरगत खुल्ला तर्फ २८ स्वर्ण तथा उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताबाट चीनको होन्जाउ शहरमा सन २०२३ सेक्टेम्बर २३ देखी अक्टोवर ७ तारिक सम्म हुने १९औं एशियाली खेलको पौडी प्रतियोगिताका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीको छनौट गरिने संघले बताएको छ ।

यस्तै पेरिस ओलम्पिककमा सहभागिता जनाउन जापानको फुकुहवा शहरमा हुने छनोट राउण्डको वल्ड एक्वाइटिक च्याम्पियनसिपका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीको छनोट पनि यहि प्रतियोगिता बाट हुनेछ । यो प्रतियोगितामा विराटनगर, विरगंज, नेपालगंज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया