वैवाहिक बन्धनमा बाँधिइन् सोविता गौतम

नेपालखोज २०८० जेठ १९ गते १८:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री तथा प्रतिनिधि सभा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

७ जेठमा दुबै परिवारका सिमित सदस्यको उपस्थितिमा विवाह सम्पन्न भएको छ ।

सोविता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।

प्रतिक्रिया