मनोवैज्ञानिक रूपमा डिप्रेसनको उपचार

मनोवैज्ञानिक उपचारहरू (जसलाई कुराकानी थेरापीहरू पनि भनिन्छ) ले तपाईँलाई आफ्ना सोच्ने बानीहरू परिवर्तन गर्न र कुनै कुरा सामना गर्ने क्षमताहरू सुधार गर्न मद्दत गर्न सक्छ । जसको परिणामस्वरूप तपाईँले जीवनमा आइपर्ने तनाव तथा द्वन्द्वहरूजन्य परिस्थितिहरू सहजै सामना गर्न सक्नु हुन्छ ।
मनोवैज्ञानिक उपचारहरूले तपाईँको स्वास्थ्य लाभमा मदत गर्नुका साथै पनि असहयोगी विचार र व्यवहार पहिचान गरेर र परिवर्तन गरेर तपाईँलाई राम्रो रहन मद्दत गर्न सक्छन् । आजभोलि डिप्रेसनको उपचारमा धेरै प्रकारका मनोवैज्ञानिक उपचार विधिहरू प्रयोगमा छन् ।
डिप्रेसनको उपचारका लागि थुप्रै सङ्ख्यामा अनलाइन कार्यक्रमहरू वा ई-थेरापीहरू पनि उपलब्ध छन्। Cognitive behaviour therapy [CBT] (संज्ञानात्मक व्यवहार थेरापी) CBT एक प्रकारको मनोवैज्ञानिक उपचार विधि हो, जसले हामीले सोच्ने तरिका (बोध) र कार्य (व्यवहार) ले हामीले महसुस गर्ने तरिकालाई असर गर्छ भन्ने मान्यता दिन्छ ।
CBT डिप्रेसनको उपचारका लागि सबैभन्दा प्रभावकारी उपचार मध्ये एक हो । यो उपचार विधि बालबालिका, किशोर, वयस्क र वृद्ध व्यक्तिहरूसहित विभिन्न उमेर समूहका लागि प्रभावकारी भएको पाइन्छ। CBT ले कुनै विज्ञ (चिकित्सक) सँग काम गर्ने विचार र व्यवहारका ढाँचाहरू पहिचान गर्न मद्दत गर्दछ । जसले या त तपाईँलाई उदास हुने सम्भावना बढाउँछ वा तपाईँले डिप्रेसनको अनुभव गर्दा तपाईँलाई राम्रो हुनबाट रोक्छ।
यसले तपाईँलाई सामान्य कठिनाइहरूका बारेमा तर्कसङ्गत सोच्न सिकाएर तपाईँको विचार र व्यवहार परिवर्तन गर्ने काम गर्दछ । तपाईँलाई नकारात्मक वा असहज विचार, ढाँचा र प्रतिक्रियाहरूलाई थप यथार्थपरक, सकारात्मक र समस्या समाधान गर्ने दृष्टिकोणमा परिवर्तन गर्न मद्दत गर्दछ। अन्तर व्यक्तिगत थेरापी [ Interpersonal therapy] (IPT) IPT पनि एक किसिमको मनोवैज्ञानिक उपचार विधि हो, जुन व्यक्तिगत सम्बन्धसँग सम्बन्धित समस्याहरू र यिनको मुकाबिला गर्न आवश्यक सीपहरूमा केन्द्रित हुन्छ।
IPT ले सम्बन्धसँग सम्बन्धित समस्याहरूका कारण डिप्रेसनको अनुभव गर्ने व्यक्तिमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ र ती कारणहरूको व्यवस्थापनमा पनि योगदान गर्न सक्छ। IPT ले तपाईँलाई तपाईँको सम्बन्धसँग सम्बन्धित ढाँचाहरू पहिचान गर्न मद्दत गर्दछ जसले तपाईँको डिप्रेसनलाई अझ कमजोर बनाउँछ। यी ढाँचाहरू पहिचान गर्नु भनेको तपाईँले सम्बन्ध सुधार गर्न, परिस्थितिको सामना गर्न र अरूसँग मिल्ने नयाँ तरिकाहरू खोज्नमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ।
विचारशीलता (ध्यान) मा आधारित संज्ञानात्मक थेरापी (Mindfulness-based cognitive therapy) (MBCT) MBCT सामान्यतया सामूहिक रूपमा प्रदान गरिन्छ । सजिलो रूपमा भन्नुपर्दा यो ध्यानमा आधारित विधि हो । यसले तपाईँलाई जे पनि अनुभव गरिरहनु भएको छ, चाहे त्यो सुखद होस् वा अप्रिय त्यसलाई परिवर्तन गर्ने प्रयास नगरी वर्तमान क्षणमा ध्यान केन्द्रित गर्न सिकाउँछ । सुरुमा, यो दृष्टिकोण शारीरिक संवेदना (जस्तै सास फेर्न) मा ध्यान केन्द्रित गर्न प्रयोग गरिन्छ ।
त्यसपछि यो भावना र विचारहरूमा जान्छ। MBCT ले तपाईँको दिमागलाई भविष्य वा विगतका बारेमा सोच्नबाट रोक्न मद्दत गर्न सक्छ र तपाईँलाई अप्रिय विचार र भावनाहरूबाट जोगाउन सहयोग गर्छ । यसले तपाईँमा उदासीनता र नकारात्मक सोचका बानीहरू त्याग गर्न प्रोत्साहन दिन्छ । जसको परिणामस्वरूप, तपाईँले भविष्यमा आउन सक्ने कठिनाइहरूलाई सहजै सामना गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया