‘आफूले दु:ख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग रकम लिन मिल्दैन भनेको थिँए’

नेपालखोज २०८० जेठ २० गते १४:५४

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी रहेकाे स्वीकारेका छन् । उनले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले याे कुरा जानकारी दिएकाे बताए ।

सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग कुनै पनि रकम लिन मिल्दैन भनेको बताएका छन् । जिल्ला अदालत, काठमाडौंमा बयान दिने क्रममा उनले साे कुराकाे जानकारी दिएका हुन् ।

प्रतिक्रिया