सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
नेपालखोज
२०८० जेठ २१ गते १४:१७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका पठाउने तरारी गरेको छ ।
जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।
यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।
असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भाेलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।
सम्बन्धित

प्रतिक्रिया