शुक्रबार, चैत १६, २०८०

डिस्प्ले बिनाको स्मार्टफोन र ल्यापटप

नेपालखोज २०८० जेठ २१ गते १५:३२

पछिल्ला केही वर्षहरूमा फोनको संसार पूर्ण रूपमा परिवर्तन भएको छ । पहिले ल्यान्डलाइन र पीसीओ बुथको जमाना थियो । त्यसपछि फिचर फोनको युग आयो र अहिले विश्व स्मार्टफोनको चपेटामा छ । नयाँ प्रविधिका साथ हरेक महिना सैकडौं स्मार्टफोन लन्च हुन्छन्। हरेक कम्पनीले नयाँ–नयाँ प्रविधि ल्याइरहेका छन् ।

यसबीच स्मार्टफोनको यस्तो प्रविधि सार्वजनिक भएको छ जसले इन्टरनेट जगतमा त्रास फैलाएको छ । भविष्यका स्मार्टफोनका बारेमा इन्टरनेटमा चर्को बहस भैरहेको छ। यति मात्र होइन भविष्यका केही फोनको झलक पनि सार्वजनिक भएको छ, जसलाई देखेर सबै छक्क परेका छन् ।

डिस्प्ले बिनाको स्मार्टफोन र ल्यापटप कल्पना गर्न सकिन्छ ? एक मिनेटका लागि सोच्नुहोस् कि त्यो समय कस्तो होला जब तपाईं स्मार्टफोन बिना कसैसँग कुरा गर्न सक्नुहुन्छ वा त्यहाँ कुनै स्मार्टफोन हुन सक्छ जुन पूर्ण रूपमा अदृश्य छ । त्यसमा कुनै प्रकारको हार्डवेयर प्रणाली छैन तर पनि तपाइँ कुरा गर्न सक्नुहुन्छ, भिडियो कल गर्न सक्नुहुन्छ।

स्मार्टफोन मात्र होइन भविष्यमा यस्ता ल्यापटपहरु पनि आउन लागेका छन् जुन स्क्रिन बिहिन हुनेछ तर तपाईले त्यसमा काम गर्न सक्नुहुनेछ । यो कुनै कथा होइन वास्तविकतामा घट्ने छ । एउटा कम्पनीले यसको सुरुवात गरेको छ ।

क्यानाडामा यस्ता स्मार्टफोन र ल्यापटप बनाउने तयारी भैरहेको छ जसमा न डिस्प्लेको आवश्यकता पर्नेछ न त ल्यापटपमा स्क्रिनको आवश्यकता नै पर्नेछ । यस्तो स्क्रिनलेस डिस्प्ले टेक्नोलोजी छिट्टै नै विश्वमा प्रकट हुँदैछ। आगामी दिनमा यस्ता स्मार्टफोन र ल्यापटप आउनेछन जसलाई स्क्रिनको आवश्यकता पर्दैन ।

लोकप्रिय टिभी कार्यक्रम TED Talk मा स्क्रिनलेस टेक्नोलोजी अगाडि आयो। उक्त शोमा एप्पलका पूर्व कर्मचारी तथा ह्युमनका संस्थापक इमरान चौधरीले स्क्रिनरहित प्रविधिमा आधारित एआई उपकरण प्रदर्शन गरेका थिए । त्यो उपकरणमा कुनै पनि प्रकारको डिस्प्लेको आवश्यकता थिएन। इमरानले त्यो उपकरण आफ्नो ज्याकेटको खल्तीमा राखे र केही समयपछि उनकी श्रीमतीलाइ फोन गरे ।

त्यहाँ फोन बिना नै सूचनाहरू आइरहेका थिए भने उपकरण इमरानको खल्तीमा थियो । यसको प्रोजेक्टरले उनको हातमा कल सूचनाहरू देखाइरहेको थियो। उनको हत्केलामा आएको सूचनामा श्रीमतीको फोन आएको देख्न सकिन्थ्यो । यति मात्र होइन उनले कल रिसिभ र डिस्कनेक्ट गर्ने विकल्प पनि पाइरहेका थिए। उनले फोन रिसिभ गरे र श्रीमतीसँग कुरा समेत गरे ।

इमरान चौधरीको यो ह्युमन कम्पनीले यहि टेक्नोलोजीका लागि ठूलो रकम समेत पाएको छ । कम्पनीले अहिलेसम्म करिब १० करोड डलरको कोष सुरक्षित गरिसकेको छ । यद्यपी यो डिभाइस कहिले आउने हो र यसमा के-कस्ता फिचरहरू उपलब्ध हुनेछन् भन्ने बिषयमा केही बताइएको छैन ।

प्रतिक्रिया