अनलाइनको माध्यमबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
नेपालखोज
२०८० जेठ २२ गते १६:१८

काठमाडौं । अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गर्ने व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् ।
भेट्न बोलाउने तर नमान्दा फेक आइडीबाट चरित्रहत्या गर्ने जुम्ला तिलागाउँ स्थायी ठेगाना भएका भक्तपुर चाँगुनारायण बस्दै आएका दिनेश कुमार राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई अदालतबाट ७ दिनको म्याद भप गरि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तरगतको कसुरमा अनुसन्धान सुरु गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
पीडित युवतिले सामाजिक सञ्जालबाट आफूलाई हैरानी गर्ने पीडकलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

सम्बन्धित

प्रतिक्रिया