राजश्व छलीका अबैध सामान, सवारीसहित २ व्यक्ति पक्राउ
नेपालखोज
२०८० जेठ २२ गते १६:२९

काठमाडौं । राजश्व छलीका अबैध सामान, सवारीसहित २ व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् ।
आइतबार प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ललितपुरबाट बागमती प्रदेश ०१–०२६ च ८९८० नम्बरको पिकअप गाडीबाट रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत अन्दाजी मुल्य बीस लाख त्रिहत्तर हजार पाँच सय नब्बे बराबरको अबैध सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको ३ थान प्रेस पास बरामद गरिएको छ ।
अबैध सामानसहित भारत बिहारका सचिन कुमार चौरासिया र बारा जितपुर सिमराका दिपक प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया