बुधबार, वैशाख १२, २०८१

राष्ट्र बैंकले सुरु गर्‍यो मौद्रिक नीतिको तयारी

नेपालखोज २०८० जेठ २२ गते १७:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिसाँग सम्बन्धीत आफ्नो राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

प्रतिक्रिया