शुक्रबार, चैत १६, २०८०

युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान

नेपालखोज २०८० जेठ २३ गते १०:३२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गरेका छन् ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आज शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा. आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन । सो पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया