दक्षिणी युक्रेनमा बाँध फुटेपछि युद्धस्थलमा बाढी

रुस । रुस नियन्त्रित दक्षिणी युक्रेन इलाकामा पर्ने सोभियतकालीन बाँध भत्केको छ । बाँध भत्किएपछि युद्धस्थलमा पानीको बाढी आएको रुस–युक्रेन दुवै पक्षका सेनाले बताएका छन् । बाँध कसले भत्कायो भन्नेबारे दुवै देशले एक–अर्कालाई दोषी ठहर्याएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको अप्रमाणिक भिडियोमा कखोभ्का बाँधवरिपरि विस्फोटको शृंखला देखिएको छ । यस्तै अन्य भिडियोमा बाँधको अवशेषका माध्यमबाट पानीको बहाव देखिएको छ ।
उक्त बाँध ३० मिटर अग्लो र ३.२ किलोमिटर लामो छ । सन् १९६५ मा कखोभका जलविद्युत् आयोजनाको हिस्साका रुपमा निप्रो नदीमा निर्माण गरिएको थियो । यो बाँधमा १८ किलोमिटरभन्दा बढी जलाशय छ ।
२०१४ मा रुसले कब्जा गरेको क्राइमेन प्रायद्वीप र जापोरिझ्झिया परमाणु संयन्त्रलाई यो बाँधले पानी आपूर्ति गर्छ, जुन रुसकै नियन्त्रणमा छ ।
युक्रेनी सेनाका अनुसार उक्त बाँधलाई रुसी सेनाले भत्काएका हुन् । युक्रेन सशस्त्र सेनाका दक्षिण कमान्डलरले सामाजिक सञ्जालमार्फत बाँध रुसी सेनाको भत्काएको बताएका छन् । यस्तै उनले विनाशको मापन, पानीको गति र मात्रा तथा डुबानको सम्भावित क्षेत्रबारे स्पष्ट पार्नेसमेत बताएका छन् ।
रुसी समाचार एजेन्सीका अनुसार रुसी सेनाको नियन्त्रणमा रहेको बाँध आक्रमणमा ध्वस्त भएको थियो । तर रुसी अधिकारीले भने यो आतंकवादी हमला भएको बताएका छन् ।
रोयटर्स
प्रतिक्रिया