मंगलबार, वैशाख ११, २०८१

२०८० असारसम्म एकीकृत कारोबार सञ्चालन गर्ने संस्थाहरुलाई आधा दर्जन छुट

नेपालखोज २०८० जेठ २३ गते १४:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई प्रोत्साहन गदै २०८० असार मसान्तसम्ममा मर्जर तथा प्राप्ति मार्फत एकीकृत कारोबार गर्ने बैंक तथा फाइनान्स कम्पनीहरूलाई आधा दर्जन सहुलियत दिने भएको छ ।

राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे एकीकृत कारोबार गर्ने संस्थाहरुलाई सहुलियत दिने घोषणा गरेको हो ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ, वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट आधा दर्जन छुट प्रदान गरिने छ ।

यस्तो छुटहरुमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने राष्ट्र बैंकको भनाई छ ।

यसैगरी एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न छ महिनाको समय प्रदान गरिने, गाभ्ने-गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने, राष्ट्र बैंकबाट तोकिएकोप्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको अनुमती आवस्यक नपर्ने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया