रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता

नयाँ दिल्ली । रक्षामन्त्री राजनाथ सिंह र उनका जर्मन समकक्ष बोरिस पिस्टोरियसले मङ्गलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।
बैठकमा औद्योगिक सहयोगमा केन्द्रित रहेका द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल हुदैँछ । चार दिने भारत भ्रमणमा रहेका पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उनले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गरेका छन् ।
पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुनुहुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो ।
आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गर्नु भएको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो । भ्रमणरत नेता पिस्टोरियसले भारतजस्ता साझेदारलाई सहयोग गर्न जर्मनी तयार रहेको बताए ।

प्रतिक्रिया