शुक्रबार, वैशाख १४, २०८१

२५ अंकले बढ्दा झण्डै दुई अर्बको सेयर किनबेच

नेपालखोज २०८० जेठ २३ गते १५:३६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १७ दशमलव ३८ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार २५ दशमलव ६६ अंकले बढेर १९ सय २७ दशमलव ६५ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८७ अंकले बढेर तीन सय ६५ दशमलव शुन्य नौं अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ३६ हजार एक सय १८ वटा कम्पनीहरुको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय एक रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ८० अंकले बढेर १२ सय नौं दशमलव ३१ अंकमा पुगेको छ भने बिकास बैक समुहको सुुचक पनि २७ दशमलव ४८ अंकले बढेर ३४ सय ८२ दशमलव ४९ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुुचक पनि १८ दशमलव ५५ अंकले बढेर १५ सय ८८ दशमलव २२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ७५ दशमलव ७५ अंंकले बढेर २४ सय ७९ दशमलव तीन अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय ५६ दशमलव ९४ अंकले बढेर नौं हजार सात सय ९६ दशमलव ८५ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार सय ३१ दशमलव ६९ अंकले बढेर नौं हजार सात सय ४४ दशमलव २२ अंकमा चढेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि क्रमशः दुई सय २५ दशमलव १५, शुन्य दशमलव ६६, ४८ दशमलव ३३, ३२ दशमलव ४६, शुन्य दशमलव १८, तीन दशमलव ९५ र २९ दशमलव ८४ अंकले बढेकाछन् ।

नेप्सेमा आज न्यादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ८५ प्रतिशतले बढेर तीन सय एक रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सेञ्चुरी डिबेञ्चर २०८८ को प्रतियुनिट सेयर मुल्य तीन दशमलव शुन्य चार प्रतिशतले घटेर नौं सय रुपैंयाँ अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी सोल्टी होटल लिमिटेडको भने आज प्रतिकित्ता तीन सय ४८ रुपैंयाँ अन्तिम मुल्यमा नौं करोड ६८ लाख ७२ हजार चार सय ३३ रुपैंयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो कारोबार रकम आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया