शुक्रबार, वैशाख १४, २०८१

हल्ट प्राइज प्रतियोगितामा भाग लिन पाँचजना नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

नेपालखोज २०८० जेठ २३ गते २३:००

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ ।

यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू प्रयोग गरी विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई एकसाथ लिएर आएको थियो । यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम शुुरु गर्न र दिगो प्रभाव सिर्जना गर्नसीड फन्डिङ अन्तर्गत एक मिलियन प्राप्त गरेका छन् ।

क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२–२३ का लागि प्रेरणादायी कार्यक्रमहरुको आयोजना गरेको थियो । जसमा ३० भन्दा बढी टोलीले भाग लिएका थिए , जसमा १० भन्दा बढी नेपाली उद्यमीहरू सहभागी थिए । कार्यक्रममा उनीहरुले आफ्ना अमूल्य परामर्श र सल्लाह प्रदान गरेका थिए । एक कठोर मूल्याङ्कन प्रक्रिया पछि, पाँच टोलीहरू अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका थिए ।

मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरूमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीहरूलाइ आफ्नो अवधारणाहरु प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो । कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरू वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए ।

उनीहरूको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई प्रविधिकोे प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो । उनीहरूको विचार लक्षित बजारलाई अपसाइक्लिंग र रिसाइक्लिंग जस्ता सेवाहरू प्रदान गर्न बाटो विस्तार गर्नेछ । उनीहरूको कोसिस– सिर्जना, परम्परा, सशक्तीकरण र दिगोपनाप्रतिको गहिरो श्रद्धाबाट प्रभावित थियो ।

सफ्टवेरिका कलेजको हल्ट प्राइजले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरूको दिगो समाधानलाई बढावा दिन एउटा संस्थानको समर्पण देखाउँदछ ।

यस प्रतियोगिताले युवा सामाजिक उद्यमीहरूका लागि मञ्च प्रदान गरी परिवर्तनकारीहरूको अर्को पुस्तालाई सशक्त बनाउन महत्पूर्ण भूमिका खेल्दछ । यस कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै विद्यार्थीहरूको लागि प्रायोजित गरेको छ ।

प्रतिक्रिया