सोमबार, मंसिर २९, २०८२

शरणार्थी प्रकरण : अभियुक्त पक्षकाे बहस आजबाट

नेपालखोज २०८० जेठ २४ गते ७:३५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षकाे आजबाट बहस सुरु हुने भएकाे छ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् ।

साे बहसका लागि पुर्वमहान्याधिबक्तादेखि नेपाल बार एसाेसियनका बहालवाला अध्यक्षदेखि पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको सयमअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राख्दै आएका छन् ।

प्रतिक्रिया