हिट स्ट्रोक अथवा लु लागे के हुन्छ ?

काठमाडाैं । श्वासको गति तिब्र हुनु, धेरै पसिना आउनु, शरीर तात्तिनु, पल्स रेट ८० र १००को बीच नरहनु जस्तो अवस्थालाई चिकित्सकहरुले ‘हिट स्ट्रोक’ भनेका छन् । जब बिरामीको अवस्था यो भन्दा खराब हुन्छ । माथि उल्लेखित समस्याहरू बाहेक मांसपेशिहरु दुख्नुका साथै छाला चाहुरिन्छ। यसलाई चिकित्सकहरु हीट एक्जशन भन्छन् ।
यसरी लामो समयसम्म अत्याधिक गर्मीमा रहदा समस्या बढ्दै जान्छ । वृद्धवृद्धा, साना बालबालिका र पहिले देखि नै अन्य रोगहरु (जस्तै मृगौला, मुटु, मधुमेह) बाट पीडित व्यक्तिहरुमा यो समस्या कहिलेकाहीँ निकै घातक साबित हुन सक्छ भने शरिरका अंगहरुले काम गर्न छाड्न सक्छन् । गर्मीबाट पीडित बिरामीको अवस्था कस्तो हुन्छ उसको उपचारमा भर पर्छ। यसमा लक्षण अनुसार उपचार आवश्यक हुन्छ ।
यद्यपि सुरुमा लक्षण देखिने बित्तिकै बिरामीको शरीरलाई चिसो तुल्याउने प्रयास गर्नुपर्छ । पहिले पसिना पुछिदिनुपर्छ। त्यसपछि चिसो कपडाले पूरै शरीर पुछ्ने व्यवस्था गर्नुपर्छ, जसलाई कोल्ड स्पन्जिङ भनिन्छ। त्यस पछि आवश्यकता अनुसार ओआरएसको घोल पिउन दिनुपर्छ । अझै पनि अवस्था सुधार भएन भने ड्रिप लगाउनुपर्ने हुनसक्छ। त्यसैले तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ अन्यथा ज्यान जाने खतरा रहन्छ ।
सामान्यतया तातो हावाको प्रकोप हुँदा यस्तो अवस्था आउँछ। गर्मीमा यस्तो गर्मीको लहरको चेतावनी मौसम विभागले पहिल्यै जारी गर्छ। मौसम बैज्ञानिकहरु भन्छन्, कुनै पनि ठाउँमा ‘लु’ ( हीट वेव ) को घोषणा गर्ने दुईवटा आधार हुन्छन्। पहिलो-तापमान ४० डिग्री सेल्सियस भन्दा माथि हुनुपर्छ। दोस्रो- पछिल्लो पाँच दिनको तापक्रम औसत तापक्रमभन्दा ४.५ डिग्री सेल्सियस बढी हुनुपर्छ ।
यी दुवै मापन तापक्रममा मिल्ने दिनका लागि मौसम विभागले चेतावनी जारी गर्छ । तापक्रम ४५ डिग्रीभन्दा माथि गए दुवै मापनको आवश्यकता पर्दैन, मौसम विभागले यसलाई ‘हिट वेभ’ भन्न सक्छ । दिनको तापक्रम पछिल्लो चार दिनको तापक्रमभन्दा ६ दशमलव ५ डिग्री बढी भए त्यस दिन ‘गम्भीर गर्मीको लहर’ आउने चेतावनी दिइन्छ ।

प्रतिक्रिया