समस्यालाई हेन्डिल गर्न सिकौं

नेपालखोज २०८० जेठ २५ गते ५:४६

हाम्रो जीवनमा धेरै प्रकारका समस्याहरू आउँछन् र हामी तिनको सामना गर्न सिक्दै जान्छौं। यो सबैको जीवनको हिस्सा हो । हामिले जतिसुकै प्रयास गरे पनि कुनै न कुनै समस्याले निरन्तरता पाइरहेकै हुन्छ । अहिले एउटा समस्याको सामना गरिरहेको अवस्थामा अर्को समस्या आइलाग्छ । खैर, जीवन भनेकै यहि हो । आफुलाई मन परोस् ( नपरोस् हामि सबैले समस्याको सामना गर्नुपर्नेछ । जीवनमा के हुन्छ भन्ने कुरामा कसैको नियन्त्रण छैन । यद्यपि समस्यालाइ हामी कसरी हेन्डिल गर्छौ त्यो पक्कै हाम्रो हातमा छ।

यदि बारम्बार समस्यामा परिन्छ भने केहि यस्ता उपाय छन् जसले ९० प्रतिशत समस्याको अन्त्य हुनेछ ।

हरेक बिहान

अफिस जानुभन्दा आधा घन्टा अगाडि उठ्नुहुन्छ भने यो बानी अब बदल्नुहोस् । बिहानका लागि एउटा रिचुअल सिर्जना गर्नुहोस् । बिहान सबेरै उठ्नुहोस् ताकि दिनको तयारी गर्न पर्याप्त समय होस । व्यायाम वा ध्यान गर्नुहोस्। आफ्नो जीवनशैलीमा यी चीजहरूलाई जति धेरै समावेश गरिन्छ त्यति राम्रो महसुस हुनेछ।

राति अर्को दिनको तयारी

यदि भोलिका लागि अघिल्लो दिन नै तयारी गरियो भने त्यसले उत्पादकतामा सकारात्मक प्रभाव पार्छ । आफुले काम गर्नु पर्ने वा भोलिपल्ट बिहानका लागि आवश्यक पर्ने चीजहरू अघिल्लो रात तयार गर्नुपर्छ । जब सबै कुरा योजना अनुरुप चल्छ वा समय अगाडी तयार हुन्छ तब काम निकै सरल र सहज हुन्छ ।

स-साना काम नटार्नुहोस्

यदि कुनै कार्यले ५ मिनेट भन्दा बढी समय लिदैन भने त्यसलाई स्थगित गर्नुहुँदैन । यदि कुनै काम गर्न कम समय लाग्छ भने तुरुन्तै गर्नुपर्छ । यसले आफ्नो एउटा काम कम हुन्छ भने तनाव पनि कम हुनेछ ।

आफ्नो इनर्जि सही ठाउँमा लगाउँ

आफ्नो उर्जा र समयलाई उच्च प्रभाव पार्ने कार्यहरूमा लगाउनुपर्छ । यसले उत्पादकता बढाउँछ । त्यस्ता कुराहरूमा समय बर्बाद गर्नुहुँदैन जसबाट केही पनि हासिल गर्न सकिँदैन।

शरीरलाई आराम

हामी सबै व्यस्त जीवनशैली बाँचिरहेका छौं तथापि, हामी आफ्नो जीवनमा केही परिवर्तन गरेर यसलाई अझ राम्रो बनाउन सक्छौं । जसमध्ये एउटा शरीरलाई पर्याप्त आराम दिनु पनि हो । यदि शरीरलाई पर्याप्त आराम दिइएन भने न त जीवनको आनन्द लिन सकिन्छ न त यसलाई राम्रो बनाउन सकिन्छ । आरामको कमीले हामिलाई चिडचिडे बनाउँछ र हाम्रो ध्यान कमजोर हुन्छ । त्यसैले पनि हाम्रो शरीर र दिमागले उचित आराम पाउनु महत्त्वपूर्ण छ ।

प्रतिक्रिया