गर्मीको बेला लोडसेडिङ नगर्न सांसदरुको माग
नेपालखोज
२०८० जेठ २५ गते १२:१४

काठमाडौं । सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसदहरुले गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका छन् ।
सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेशनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरे ।
यसैगरी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरिन् ।
नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरु बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरु सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको भन्दै उनले ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।
सम्बन्धित

प्रतिक्रिया