नेपालखोज दिनभर : खबर सारांश
सांसदहरूले तराई-मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण ।
मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल ।
प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूद्वारा पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्र चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक ।
आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरको तयारीमा रहेको नेपाल आज भएको अभ्यास खेलमा स्कटल्याण्डसँग पराजित ।
श्रीलंकाकाले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने ।
आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर ।
एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित ।
स्वास्थ्यखबर हेल्थ अवार्डको ११औँ संस्करण ‘दिगो विकासका लक्ष्यहरू : राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने ।

प्रतिक्रिया