दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन

काठमाडाैं । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो ।
आज जेठ २६ तथा भोलि २७ गते चल्ने यो साहित्य सम्मेलनमा कविता प्रतियोगिता समेत संचालन हुने प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।
‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेलाई व्यासभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा व्यासभूमिको प्रचार–प्रसारमा सहयोग पुग्छ’, अधिकारीले भने । व्यासको जन्म दमौलीमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचार–प्रसार नहुँदा व्यासभूमि ओझेलमा पर्दै आएको अधिकारीले बताए ।
तिष्ठानले हरेक महिना काव्य वाचन कार्यक्रम गर्दै आएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर साहित्यकारहरूले रचनावाचन गर्दै आएका छन् ।

प्रतिक्रिया