बुधबार, वैशाख १२, २०८१

साउथका बहुप्रतीक्षित फिल्म

नेपालखोज २०८० जेठ २६ गते १६:११

काठमाडाैं । सन् २०२३ मा दक्षिण भारतका यस्ता केहि फिल्म आउँदैछन् जसमा मानिसहरुको नजर टिकेको छ ।

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा – २’ लाई लिएर प्रशन्सकहरु निकै उत्साहित छन् । यो चलचित्र २०२३ भित्रै हलमा लाग्नेछ । यो सूचीमा प्रभासको ‘सालार’ पनि छ जसमा उनलाइ विस्फोटक एक्शन गरिरहको देखिनेछ । ‘सालार’ मा प्रभासको अपोजिटमा अभिनेत्री श्रुति हसन छिन् । यो चलचित्र अक्टोबरमा रिलीज हुनेछ।

लियो थालापथी विजय द्वारा निर्देशित एक्शन थ्रिलर फिल्म हो। यो फिल्म अक्टोबर १९ मा रिलिज हुनेछ । जुनियर एनटीआर डी राजेन्द्र बाबु निर्देशित फिल्म ‘देवरा’ मा देखिदैछन् । यसमा उनी धनुको भूमिकामा छन् । यो फिल्म २०२४ को अप्रिल ५ मा रिलीज हुनेछ।

प्रतिक्रिया