आइतबार, वैशाख ३०, २०८१

सिद्धार्थको बिदाइमा शहनाजले बोलेको त्यो अन्तिम शब्द…

नेपालखोज २०७८ भदौ १९ गते १७:०५

काठमाडौं । मत किया कर ना सिद्धार्थ……क्यूं मझे परेशान करता है… तू । ७० की हो जाएगी और मैं जिंदा रहा ना, तुझे कुछ भी परेशानी हो मुझे कल करना…। यस्तै यस्तै कैंयौ अनगिन्ती माया अनि प्रेमले भरिएका कुरा थिए, जो शहनाज अनि सिद्धार्थले बिग बोसको घरमा रहदा एक अर्कासँग गरेका थिए ।

यी त ती कुरा थिए जो दर्शक अनि उनिहरुका फ्यानहरुका अगाडी भएका थिए । तर केही यस्ता पनि कुरा थिए होलान जो सिद्धार्थ अनि शहनाजले आपसमा गरेका थिए । सिद्धार्थको मृत्यु पश्चात पनि उनका फ्यान्सहरुलाई यो कौतुहलता छ कि सिद्धार्थ अनि शहनाजबीचको नाता के थियो ? के उनिहरु बीच मित्रता थियो ?, माया थियो ?, मात्रै मस्ती थियो ? यद्यपी, यी सबै प्रश्नहरुको अवाफ शहनाजले बिग बोस शो कै समयमा दिइसकेकी थिइन् । उनले भनेकी थिइन् – हामी दुईका बिचमा केही त छ, बस केही नकेही त छ ।

सिद्धार्थका लागि शहनाजले भनेकी थिइन यी अन्तिम शब्द
यही मित्रता र मायाको सम्बन्धमा बाँधिएका सिद्धार्थलले शहनाजसँग कैंयौ वाचाहरु गरेका थिए । तर, जब २ सेप्टेम्बरका दिन सिद्धार्थ शहनाजसँग गरिएका सारा वाचा बन्धन तोडेर सदाका लागि उनलाई छोडेर गए, शहनाज शोकमा डुबेकी छन् । जुन अनुहारलाई दर्शकहरुले सधैं हासिलो देखेका थिए, त्यही अनुहारमा बेबसी देखेर मान्छेका आँखा रसाए ।

अभिनेत्री सम्भावना सेठले एक अन्तरवार्तामा बताएकी थिइन् की कसरी सिद्धार्थको पार्थिव शरीरका सामु शहनाज बेहोसीको हालतमा बसेकी थिइन् । र, शहनाजले अन्तिम शब्द सिद्धार्थलाई भनेकी थिइन – सिद्धार्थ मेरा बच्चा … ।

शहनाज गिल सिद्धार्थ शुक्लालाई कति माया गर्थिन भन्ने कुरा हरकोहीलाई थाहा छ । बिग बोसको घरमा जब यी दुई थिए तब फ्यान्स् यी दुईको जोडीलाई यति मन पराउँथे कि उनिहरुको जोडिलाई सिडनाजको उपनाम पनि दिइएको थियो । जब जब यी दुईको जोडी साथमा आउँथे उनिहरुका फ्यान्सहरु अत्यन्तै रमाउँथे । बिग बोसको घरमा मात्रै होइन उनिहरुको जोडिलाई बाहिर पनि उत्तिकै मन पराइएको थियो । भने उनिहरुको जोडिलाई लिएर केही म्यूजिक भिडियोहरु समेत तयार पारिएको थियो । तिनै सिद्धार्थ शुक्लाको बिहीबार निधन भएपछि यतिबेला सिंगो बलिउड क्षेत्र शोकमग्न छ । कलाकार सिद्धार्थ शुक्लाको निधनले हर कोही कलाकार यतिबेला उनको शोकमा आँशु बगाइ रहेका छन् ।

प्रतिक्रिया