नेपालको महिला वरीयता एक स्थान खस्कियो  

नेपालखोज २०८० जेठ २६ गते १६:५१

काठमाडौं । नेपालको फिफा महिला वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान घटेको हो ।

नयाँ वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१औं स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया