अन्टार्टिकको बरफ दश वर्ष पहिलेनै समाप्त हुने

नेपालखोज २०८० जेठ २७ गते ६:२१

वैज्ञानिकहरूले अन्टार्टिकको बरफ अनुमानभन्दा दश वर्ष अगाडि नै समाप्त हुने आशंका व्यक्त गरेका छन् । यो काम कार्बन उत्सर्जन रोक्ने सबै प्रयासहरुका बावजूद हुनेछ। अन्टार्टिकको महासागरमा बनेको बरफको तह द्रुत गतिमा घट्दै गएको छ र यो २०३० को दशकमा पूर्ण रूपमा समाप्त हुनेछ। अन्टार्टिकको बरफ २०४० को दशकमा समाप्त हुने पहिले अनुमान गरिएको थियो तर नयाँ अध्ययनले अनुमान गरेको भन्दा दश वर्ष अघि नै बरफ समाप्त हुने र कार्बन उत्सर्जन घटाउने प्रयासले पनि यसलाइ रोक्न नसक्ने बताइएको छ ।

४० वर्षदेखि उपग्रहबाट प्राप्त डाटाको विश्लेषण गरेर वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका हुन् । यो तथ्याङ्कको माध्यमबाट, वैज्ञानिकहरूले उत्तरी ध्रुव वरपरको क्षेत्रमा समुद्री बरफमा आएको गिरावटको अध्ययन गरेका थिए । अध्ययनमा देखिए अनुसार अहिले अवस्था कस्तो छ भने जतिसुकै कार्बन उत्सर्जन घटाए पनि २०३० देखि २०५० सम्ममा यस्तो सेप्टेम्बर महिना आउनेछ जहाँ अन्टार्टिकमा हिउँ हुनेछैन ।

यो अनुसन्धान दक्षिण कोरियाको पोहाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका मिन सेउङ कीको नेतृत्वमा भएको थियो । यसको प्रतिवेदन नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित भएको छ । आफ्नो अनुसन्धानका लागि अन्वेषकहरूले १९७९ र २०१९ बीच अन्टार्टिकको बरफको मोटाईको मासिक डाटा अध्ययन गरेका थिए । कम्प्युटर सिमुलेशनको मोडलसँग यी डाटाहरू तुलना गरेर यो भविष्यवाणी गरिएको हो ।

सेप्टेम्बरको मध्यमा आर्कटिकमा बरफको तहको मोटाई कम हुन्छ। अन्वेषकहरू भन्छन् ( सम्भवतः अर्को दशकमा त्यस्तो सेप्टेम्बर आउनेछ जब अन्टार्टिकमा हिउँ हुनेछैन।

संयुक्त राष्ट्र पर्यावरण कार्य समिति आईपीसीसीले हालै आफ्नो प्रतिवेदन जारी गरेको थियो जसमा २०२१(२३ को नतिजा उल्लेख गरिएको थियो। उक्त प्रतिवेदनमा भनिएको थियो ( यो शताब्दीको मध्य अघि अन्टार्टिकको बरफ समाप्त हुनेछ । त्यहि प्रतिवेदनलाई अघि बढाउँदै पछिल्लो अध्ययनले अहिले जतिसुकै हरितगृह ग्यास उत्सर्जन घटाए पनि सेप्टेम्बरमा आर्कटिकमा बरफको अन्त्य अघिल्लो अनुमानभन्दा दस वर्ष अगाडि हुने बताएको हो ।

एपी

प्रतिक्रिया